राजनीति
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका–७ कत्लेखोलामा दुई पार्टीका कार्यकर्ताबीच कुटाकुट भएको हो ।
कांग्रेसनिकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरी माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादीको आरोप छ ।
घाइते दुईजनाको हेटौंडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ १७:२७
प्रतिक्रिया दिनुहोस्