site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले कांग्रेसको नीति, कार्यक्रमको ब्याज खाएर बसिरहेको छ : कांग्रेस
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) नेपाली कांग्रेसले ल्याएको नीति र लागु गरेको कार्यक्रमको साउँब्याज खाएर बस्ने पार्टी भएको आरोप लगाएका छन् ।

सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महतले कांग्रेसले देशलाई ५६ प्रतिशत गरिबीबाट १७ प्रतिशतमा झारेको दाबी गरे । उनले कांग्रेसकै कारण २ प्रतिशतबाट देशको आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुगेको पनि बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले सामुदायिक वनको अवधारण ल्याएर नांगो पहडालाई फेरि हराभरा बनाउने काम पनि कांग्रेसले नै गरेको जिकिर गरे । “कांग्रेस नीति र कार्यक्रम नभएको पार्टी भनेर ओलीजी भन्नुुहुन्छ । हामीले ४६ सालपश्चात् ल्याएको नीति र लागु गरेको कार्यक्रमको ब्याज खाएर बस्ने पार्टीचाहिँ एमाले हो,” उनले भने ।

कांग्रेसकै कारण देशले आर्थिक उदारीकरणको नीति लिएको भन्दै उनले उद्योग, व्यवसाय नेपालमा फस्टाउनुको कारण पनि कांग्रेस भएको बताए । “उहाँहरूमा कांग्रेसको विरोध गर्ने आधार कुनै छैन । फ्याक्ट्री बन्द भयो भनेर भनिरहनुहुन्छ, बाँसबारी छाला उद्योग बन्द भयो, अन्य छाला उद्योग खुल्यो । देशमा हजारौँ इँटा कारखाना छ नि,” उनले भने, “विदेशी ऋण यति ज्यादा थियो, त्यसलाई मुक्त गर्ने पार्टी कांग्रेस हो । उहाँहरू प्रचार गर्न सिपालु हुनुुहन्छ, हामी यर्थाथको राजनीति गर्छौँ ।”

Royal Enfield Island Ad

महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हावा र उडन्ते गफ मात्र गरेको आरोप लगाए । “भूकम्पको समयमा कांग्रेसले कसरी सहयोग जुटायो, कोभिडको व्यवस्थापन जनतालाई कसले गर्‍यो, उहाँले गर्नुभयो ? ठूला कुरा गर्नुहुन्छ,” उनले भने, “खोप कसले सुनिश्चित गर्‍यो ? उहाँहरू कमिसनमा लिप्त भएको कसलाई थाहा छैन । उहाँको पालामा कस्ताकस्ता काण्ड भयो, भनेर साध्यै छैन । नाम लिएर पनि साध्य छैन ।”

उनले ‘उत्तरबाट रेल ल्याउने भनेको होइन ?’ भन्दै प्रश्न गरे । “रेलको कुरा कता हो कता, अस्ति चिनियाँ विदेशमन्त्री आउँदा प्रम देउवासँग सर्वेक्षण गर्न सहमति गर्नुभयो,” उनले भने, “कुरा गर्न सजिलो छ । कुराले जे पनि जोडिन्छ ?”

ओलीको समयमा अन्तर्राष्ट्रिय सम्बन्ध बेहाल भएकाले कसैले विश्वास गर्ने वातावरण पनि नबनेको महतको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro