site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसले नाजीवादी हिंसा फर्कायो : जेलेन्स्की
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ‘नाजीवादको हिंसात्मक पुनरावृत्ति’ गरेको आरोप लगाएका छन् । 

दोश्रो विश्व युद्धको स्मरणमा आयोजित एक कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्दै जेलेन्स्कीले आफ्नो मुलुकमाथि आक्रमण गर्ने क्रममा रुसी फौजले नाजी ‘हिंसा र क्रुरता’ दोहाेर्याइरहेको बताए । 

“युक्रेनमा अँध्यारो फर्केको छ र यो फेरि श्यामश्वेत बनेको छ,” उनले थपे, “दुष्ट फरक पोसाक र फरक नाराहरूमा फर्केको छ तर त्यसको उद्देश्य भने एउटै छ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त भिडियोमा राष्ट्रपति जेलेन्स्कीको पृष्ठभूमिमा क्षतिग्रस्त आवासीय भवनहरू देखिन्छन् । साथै, दोश्रो विश्व युद्धको आर्काइभ फुटेज र रुसी आक्रमणको श्यामश्वेत फुटेज पनि संलग्न गरिएका छन् ।

गत २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गर्दा मस्कोले आफ्नो सैन्य कारबाहीको उद्देश्य युक्रेनलाई ‘नाजीरहित’ पार्नु रहेको बताएको थियो । 

Royal Enfield Island Ad

यता नाजी जर्मनी पराजित भएको स्मरणमा आयोजना हुने ७७ औँ वार्षिक उत्सवको परिप्रेक्षमा पूर्वसोभियत संघलाई बधाई दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, “सन् १९४५ मा जस्तै विजय हाम्रै हुनेछ ।”

युक्रेनी अधिकारीहरू सोमबार आयोजना हुने रुसको विजय दिवसको अवसरमा रुसले आक्रमणलाई उग्र रूप दिनसक्ने सम्भावनालाई लिएर डराइरहेका छन् ।

जेलेन्स्कीले बेलायत, फ्रान्स र नेदरल्यान्डस लगायत युरोपेली मुलुकहरुलाई रुसले युक्रेनका सहरी क्षेत्रमा गरिरहेको आक्रमणलाई दोश्रो विश्व युद्धका दौरान नाजीले उनीहरूका सहरमा गरेको बमबारीसँग तुलना गर्न अपिल गरेका छन् । 

आइतबार राति नै जेलेन्स्कीको भिडियो सम्मेलनमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन लगायत औद्योगिक राष्ट्रहरूको समूह जी७ का नेताहरूसँग वार्ता गर्ने कार्यक्रम रहेको छ ।  

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro