site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
SkywellSkywell

काठमाडौं । इसेवा मनि ट्रान्सफर र रोमानियाको प्रथम मनि ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीहरूले नेपालमा स्मिथ एण्ड स्मिथका रोमानियामा रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । साथै इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार बढी एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्तगर्न सकिनेछ । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

हाल इसेवा मनि ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनि ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक ५ हजार तथा बम्परमा ५० हजार रुपैयाँसमेत जित्न सकिने कम्पनीले जनाएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro