site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बुटवलमा आज एमालेको शक्ति प्रदर्शन, केपी ओलीले सम्बोधन गर्ने

बुटवल । बुटवलमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्ने भएको छ । एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्न लागेको हो । 

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल आउने भएका छन् । बुटवलको देवीनगर स्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आयोजना हुने सभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाता जुलुससहित सहभागी हुने केसीले बताए । 

दिउँसो १२ बजे सुरु हुने चुवानी सभालाई पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्ष बिष्णु पौडेल, सचिव छविलाल बिश्वकर्मालगायत नेताले सम्बोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए । 

Global Ime bank

यसैबीच, ओलीले आजै चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।  चितवनमा नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाका लागि विजय सुवेदीले प्रमुखमा उमेदवारी दिएका छन् । 

महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल र स्वतन्त्र उमेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलबीचको प्रतिष्पर्धालाई महत्वपूर्ण रुपमा हेरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय