site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तरलता समस्या समाधान तत्काल हुने देखिँदैन : बैंकर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वित्तीय क्षेत्रले भोग्दै आएको तरलता समस्या समाधान हुन समय लाग्ने सरोकारवालाहरूले बताएका छन् । तरलता समस्या तत्काल समाधान हुने संकेत नदेखिएको उनीहरूको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार गरेको अर्थतन्त्रसँग सम्बन्धित कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनील केसीले तरलता संकटको समस्या आगामी आर्थिक वर्षमा पनि यथावत् रहने संकेत देखिएको बताए ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले करिब साढे ४ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरिसकेको अवस्थामा करिब १ खर्ब ६० अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको उनले बताए । आगामी वर्ष १५ प्रतिशतको मात्रै कर्जा विस्तार गर्नको लागि पनि करिब साढे ७ खर्ब रुपैयाँ चाहिने उनले बताए । “तर, त्यत्रो रकमको स्रोत सबै बैंकले मात्रै जुटाउन सक्दैन । यसका लागि राज्यले नै पहल गर्नुपर्छ,” उनले भने ।

Agni Group
NIC Asia

बैंकहरूले प्रवाह गरेको कर्जा उत्पादनशील क्षेत्रमा भन्दा अन्यत्र बढी भएको भन्ने विषयमा उनले भने, “बैंकहरूले कुल कर्जाको ५० प्रतिशत बढी रकम प्राथमिकता क्षेत्रमा प्रवाह गरेको छ । राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरूले कर्जा प्रवाह गरिनै रहेका छन् ।”

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले पनि तत्काल तरलता संकट समाधान हुने नदेखिएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय