site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी मुद्रा आर्जन बढाउनेतर्फ पहल गरौँ : शेखर गोल्छा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार राजस्वमुखी हुँदा आर्थिक क्षेत्र सधैँ दबाबमा पर्ने गरेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको कार्यक्रममा अर्थतन्त्रको सबैभन्दा ठूलो स्टेकहोल्डर निजी क्षेत्र भएको भन्दै उनले निजी क्षेत्र समस्या समाधानका लागि सरकारसँग मिलेर काम गर्न चाहेको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले देशको अर्थतन्त्र श्रीलंकाको जस्तो बाटोमा कुनै हालतमा नभएको बताए । “विदेशी मुद्रा सञ्चितिमा दबाब परेको हो, त्यसलाई कसरी बढाउन सकिन्छ भन्नेतर्फ पहल हुन आवश्यक छ । अर्थतन्त्र श्रीलंकाको जस्तो बाटोमा कुनै हालतमा छैन,” उनले भने ।

विदेशी मुद्रा सञ्चिति बढाउन रेमिट्यान्स बढाउनेतर्फ पहल गरिनुपर्ने उनको भनाइ छ । त्यस्तै, निर्यात प्रवद्र्धन गर्ने र वैदेशिक लगानी आकर्षित गर्नुपर्नेमा उनले जोड दिए ।

Royal Enfield Island Ad

कार्यक्रममा बैंकबाट भएको ऋण विस्तार सही ठाउँमा छैन भन्ने विज्ञको भनाइमा उनले भने, “ऋण विस्तार सही ठाउँमा गएको छ/छैन भनेर निजी क्षेत्र र बैंकले हेर्न सक्दैनन्, क्षमता पनि छैन । कहाँ गएको छ भनेर हेर्न नसक्नु त नियामकको कमजोरी हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro