देश
काठमाडौं । चितवनमा आउँदो शनिबार राष्ट्रिय मुटु तथा फोक्सो रोग सम्मेलन हुने भएको छ । राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा नेपालमा पहिलोपटक सो सम्मेलन हुन लागेको हो ।
मुटु तथा फोक्सो रोगको उपचारमा नयाँ प्रविधिको खोज अनुसन्धान तथा उपलब्धिबारे छलफल गर्नु र सहभागीका अनुभवहरू आदानप्रदान गर्नु सम्मेलनको उद्देश्य रहेको समाजले जनाएको छ ।
सम्मेलनमा देशभरबाट एक सयभन्दा बढी मुटु तथा फोक्सो रोग विशेषज्ञ र सरोकारवालाहरूको समेत उपस्थिति हुने अपेक्षा गरिएकोे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १२:०२
प्रतिक्रिया दिनुहोस्