site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रिभर फल्स पावरले वैशाख २८ देखि आईपीओ निष्कासन गर्ने 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले यही वैशाख २८ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । उक्त आईपीओमा आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँबराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

Agni Group
NIC Asia

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओमा १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Global Ime bank

रिभर फल्सले यसअघि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० रुपैयाँअंकित दरले जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने सात लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरी बाँडफाँड गरेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस आईएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम संकेत गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय