काठमाडौं । 'यामाहा महाएक्सचेन्ज मेला'को चार दिनमै ६०० थान स्कुटर र मोटरसाइकल बिक्री भएको छ ।
गत बिहीबारदेखि सुरु भएको मेला २२ गतेसम्म सञ्चालन हुने छ । आठ दिनसम्म चल्ने मेलामा जुनसुकै कम्पनीका मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सकिने यामाहा मोटरसाइकलका चिफ एक्जुकेटिभ अफिसर राजु क्षेत्रीले बताए ।
मेला अवधिभर १६०० थान मोटरसाइकल र स्कुटर बिक्री गर्ने लक्ष लिइएको अफिसर थापाले बताए ।
मेलामा विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुका साथै वासिङको पनि व्यवस्था छ । हरेक दिन लक्की ड्रमार्फत एक जना भाग्यमानीलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर छ ।
मेलामा यामाहा कम्पनीका विभिन्न मोडेलका मोटरसाइकलको मूल्य दुई लाख १५ हजारदेखि ३५ लाखसम्म छ । स्कुटरको मूल्य दुई लाख १४ हजारदेखि ३ लाखसम्म छ ।