site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैरहवामा ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान, कम्पनी भन्छ– रोलिङमा टायर ‘फ्लायट’ भयो 
फाइल तस्बिर

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

शनिबार दिउँसोको उडानका क्रममा रहेको विमानको अगाडिको टायर पन्चर भएको थियो । काठमाडौंका लागि उड्न लागेको विमानको रनवेमा टायर पन्चर भएको थियो ।

प्रहरीका अनुसार जहाज उड्नै लागेको थियो । बुद्ध एयरले पनि एक विज्ञप्तिमार्फत उडान भर्ने क्रममा भैरहवा विमानस्थलमा रोलिङका क्रममा टायर ‘फ्लायट’ हुनासाथ यात्रुलाई तत्कालै सुरक्षित स्थानमा लगेको जनाएको छ ।

यस्तो छ विज्ञप्ति 
आज वैशाख १७ गते शनिबार उडान नं. ८५६ को जहाज भैरहवाबाट काठमाडौं उडान भर्ने क्रममा भैरहवा विमानस्थलमा रोलिङका क्रममा टायर 'फ्लायट' हुनासाथ हामीले यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा जहाजबाट ओरालेका थियौं। सो विमानका यात्रुलाई काठमाडौंबाट गएको अर्को जहाजले ल्याएको थियो।
सुरक्षित उद्धारका लागि हामीले हरेक स्टेशनमा नियमित अन्तरालमा पूर्वाभ्यासहरु गरिरहेका हुन्छौं। हरेक वर्ष सेप्टेम्बर २५ मा ERP टिमको नेतृत्वमा हामीले वृहत्त 'ड्रिल'समेत गर्दै आएको यहाँहरूलाई अवगत गराउन चाहन्छौ।
सुरक्षित उद्धारका लागि हाम्रो टिमलगायत नागरिक उड्डयन प्राधिकरणप्रति हामी आभार व्यक्त गर्दछौं।
काठमाडौंबाट गएको प्राविधिक टोलीले जहाजलाई रनवेबाट केही समयमै ट्याक्सी वेमा ल्याएको थियो। हाल उक्त जहाजको सुक्ष्म चेकजाँच भइरहेको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro