site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा भवन भत्किँदा कम्तीमा २३ जना च्यापिए
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

बेइजिङ । चीनमा ठूलो व्यावसायिक भवन भत्किँदा कम्तीमा २३ मानिस भवनभित्रै च्यापिएका छन् ।

देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् । भत्किएको आठतले भवनमा होटेल, अर्पाटमेन्ट, सिनेमा हललगायत रहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

च्यापिएको ठाउँबाट मानिसलाई निकाल्ने प्रयास भइरहेको चाङशा नगरका मेयर झेङ जियाङछीनले जानकारी दिए । “भत्किएको भवनभित्र च्यापिएका व्यक्तिहरूलाई निकाल्नका लागि उद्धारकर्मीहरूले अथक मिहिनेत गर्नुभएको छ,” मेयर जियाङ्छीले भने ।

च्यापिएको ठाउँबाट पाँचजनालाई उद्धार गरिसकिएको र अहिलेसम्म मृत अवस्थाको कोही नभेटिएको पनि उनले जानकारी दिए ।

Global Ime bank

“अहिलेसम्म मृत्यु भएको कोही भेटिएको छैन, पाँचजनालाई जीवितै उद्धार गरिएको छ । आशा गरौँ, अरू च्यापिएकोलाई पनि जीवितै उद्धार गर्न सकिनेछ,” उनले भने । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय