site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल– अमेरिका सम्बन्ध ७५ वर्षमा प्रवेश, राजदूतले दिए शुभकामना 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । यस अवधिमा नेपाल र अमेरिका एक अर्काको साथमा उभिँदै आएको नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले एक शुभकामना सन्देशमार्फत भनेका छन् ।

उनले अमेरिकी जनताले पनि नेपालीहरुलाई चिकित्सा र विज्ञानमा प्रगति गर्ने, पर्वतारोहीका रुपमा लगभग असम्भव उचाइमा पुग्ने, शान्ति सेनामा सम्मानजनक र बहादुरीसाथ सेवा गर्ने मानिसका रुपमा चिन्ने उल्लेख गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सन्देशमा नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउने र सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको बेलामा युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्‍यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झरेको बताएका छन् ।

महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको छ ।

Royal Enfield Island Ad

साथै, गत फागुनमा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गर्‍यो । यस कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्नेछ र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्ने राजदूतको सन्देशमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro