site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टाइफाइडविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई काठमाडौंका यी अस्पतालमा दिइँदै छ   
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंमा टाइफाइडविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिइँदैछ । १५ महिनादेखि १५ वर्षसम्मका छुटेका बालबालिकालाई ८ वटा अस्पतालहरुबाट यो खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

कार्यालयका अनुसार कान्ति बाल अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी मीनभवन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार महिला तथा स्त्री रोग अस्पताल थापाथली, टिचिङ अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट खोप दिइँदैछ । 

Agni Group
NIC Asia

सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिरहेको छ । काठमाडौंमा भने वैशाख ११ गतेसम्म यो खोप दिइएको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष १ लाख ५ हजार जनामा टाइफाइड संक्रमण देखिने गरेको छ । १ हजार ४२ जनाको मृत्यु हुने गरेको छ । 

तीमध्ये ५९ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् । त्यसैले पनि सरकारले यो उमेर समूहलाई टाइफाइडविरुद्धको खोप अभियानकै रुपमा सञ्चालन गरेको हो ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu