विदेश
काेपनहेगन । डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ ।
गत फेब्रुअरीमा कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो ।
कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागु गर्नु नपर्ने ठहर गरेको हो ।
स्वास्थ्य मन्त्रालयले खोप लगाएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र “अवस्था राम्रो” रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ ।
डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगाएका छन् । त्यसैगरी ६१.६ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९ २२:३६
प्रतिक्रिया दिनुहोस्