देश
काठमाडौं । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ गरेकाे छ ।
उनीहरूको भिसा अवधि सकिएको र अनलाइन जुवा खेलाउने लगायत काममा संलग्न भएको आरोपमा प्रक्राउ गरेको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले बताए ।
उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९ १९:२४
प्रतिक्रिया दिनुहोस्