काठमाडौं । नेकपा (एमाले)ले मनाङका तीन गाउँपालिकाका उमेदवार टुंगो लगाएको छ । चामे गाउँपालिका, नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उमेदवार टुंग्याइएको हो ।
नार्पाभूमि गाउँपालिकामा भने आन्तरिक तयारी गरिएको एमाले मनाङले जनाएको छ । एमालेले मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घलेलाई नै दोहोर्याउने भएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङलाई उमेदवार बनाउने भएको छ ।
यस्तै, चामे गाउँपालिकामा लोकेन्द्रबहादुर घलेलाई नै अध्यक्षको उमेदवार बनाउने तय गरिएको छ भने उपाध्यक्षमा आशकुमारी गुरुङलाई उमेदवार चयन गरिएको छ ।
नासों गाउँपालिकामा मनबहादुर गुरुङलाई अध्यक्षको उमेदवार बनाउने भएको छ भने अर्विन गुरुङलाई स्वतन्त्र रूपमा उमेदवार तय गरिएको छ ।