काठमाडौं । नेकपा (एमाले) ले कञ्चनपुरका नौ पालिकामध्ये पाँच वटा पालिका प्रमुखको उम्मेदार टुङ्ग्याएको छ ।
एमाले नेताहरुका अनुसार बेदकोट नगरपालिकामाल सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा,कृष्णपुरमा लोकेन्द्र पन्त र लालझाडी गाँउपालिकामा निर्मल रानालाई उम्मेदवार बनाउने निश्चित भएको छ ।
भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवारबारे अझै सहमती भइसकेको छैन् । कञ्चनपुरको सबैभन्दा जेठो नगरपालिकामा को उमेदवार बन्ला भन्ने चासो छ । हाल भीमदत्तको मेयर एमाले नेता सुरेन्द्र विष्ट छन् । पार्टीभित्र उनलाई नै मेयरमा दोहरीन दबाब छ । विष्टले यसबारे निर्णय गरेका छैनन् ।
भीमदत्तको मेयरबारे छलफल भइरहेको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर इञ्चार्ज निरुदेवी पालले जानकारी दिइन् ।