site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मदन भण्डारी रोड रेस : सन्तोषी र मुकेश पहिलो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सन्तोषी श्रेष्ठ र मुकेशबहादुर पालले शनिबार मदन भण्डारी स्मृति पाँच किलोमिटर रोड रेस तेस्रो संस्करणको उपाधि जितेका छन् ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेकी सन्तोषीले निर्धारित दूरी १८ मिनेट १३.५९ सेकेन्ड मा पूरा गरिन् । १३औँ सागमा रजतपदक जित्न सफल पुष्पा भण्डारीले १८ मिनेट ४२.४५ सेकेन्डमा दूरी पूरा गर्दै रजत जितिन् । कास्यपदक जित्न सफल निर्मला केसीले १९ मिनेट ४४.४३ सेकेन्डका दूरी पूरा गरिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गर्दै पहिलो भएका हुन् । गजेन्द्र राईले १५ मिनेट ४०.४० सेकेन्डमा दूरी पूरा गर्दै रजतपदक जिते । १५ मिनेट ४३.०९ सेकेन्डमा दूरी पूरा गरेका  श्रीकास राई तेस्रो भए ।

स्वर्ण जित्ने खेलाडीले २५ हजार, रजत जित्नेले १२ हजार र कास्यपदक जित्नेले आठ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

Royal Enfield Island Ad

स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए । उनले १७ मिनेट ०९.०७ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । ईश्वरचन्द्र बस्नेतले १७ मिनेट २३.१६ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए । विकेश घिमिरेले १७ मिनेट २८.०८ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो स्थान हासिल गरे ।

छात्रातर्फ सरस्वती बोहराले निर्धारित दूरी २० मिनेट ३५ सेकेन्डमा पूरा गरी पहिलो भइन् । दोस्रो हुन सफल सोनु घतानी २१ मिनेट ५६.३० सेकेन्डमा दूरी पूरा गरिन् । अन्जु खड्काले २२ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।

स्कुलतर्फ छात्र र छात्रामा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार जिते ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ००:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro