site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा ललितपुर र विराटनगर मेयरको टिकट विवाद चर्कियो, काठमाडौं र भरतपुरमा टुंगियो
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिकाको मेयरको टिकट विवाद चर्किएको छ । उमेदवारहरूको टुंगो लगाउन शनिबार राति बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा पनि सहमति जुटेन ।

भोलि बिहान ९ बजे बस्ने गरी कांग्रेस शीर्ष नेताहरूको आजको अनौपचारिक बैठक सकिएको हो । एक पदाधिकारीले अहिले विराटनगर र ललितपुरको मेयरको टिकट विवाद उत्कर्षमा पुगेको बताए ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विराटनगरको मेयरमा अमृत अर्यालको नाम अगाडि सारेका छन् । नेता कृष्णप्रसाद सिटौला देउवाको समर्थन जुटाएर भीम पराजुलीलाई दोहोर्‍याउने दाउमा छन् । नेता शेखर कोइराला भने नागेश कोइरालाको पक्षमा अडिग छन् ।

Agni Group
NIC Asia

ललितपुरमा पनि सहमति जुट्न सकेको छैन । चिरिबाबु दोहोर्‍याउने पक्षमा संस्थापन समूह छ भने शेखर समूह प्रेमकृष्ण महर्जनको पक्षमा छ ।

“दिनभरि बैठक हुन पाएन । सभापतिज्यू भेटघाट र गठबन्धनको बैठकमा व्यस्त हुनुभयो । साइड मिटिङ धेरै भयो । केही पार लगाउन सकिएन । अब बिहान (भोलि) ९ बजे बस्ने गरेर उठ्यौँ," एक नेताले बाह्रखरीसित भने ।

Global Ime bank

ती नेताका अनुसार वीरगन्जको विषयमा कुरा भएको छैन । "काठमाडौं र भरतपुरमा टुंगियो । पोखरामा महिलालाई दिए कोपिला रानाभाट पक्का छ," ती नेताले भने ।

उनका अनुसार नेताहरूबीच अहिलेसम्म काठमाडौं महानगरको मेयरमा कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उमेदवार बनाउने सहमति भएको छ । भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीलाई उमेदवार बनाउने सहमति भएको छ ।

पाँचदलीय सत्ता गठबन्धनले चुनावी तालमेल गर्दा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर परेको छ । केही पालिकाको उपमेयर कांग्रेसको भागमा परेको छ ।

दलहरू यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज वा भोलिसम्ममा उमेदवार टुंगो लगाउनैपर्ने दबाबमा छन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय