राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक भोलि बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
त्यसअघि, भोलि बिहान गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्नेछ । उक्त बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र निर्णय लिइने स्रोतले जानकारी दियो ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको अनुगमन समितिको बैठक आज राति पनि बसेको थियो । बैठकमा विभिन्न विषयमा सहमति जुटेको छ ।
सत्ता गठबन्धनको निर्णय : तल्ला तहले सहमति जुटाउन नसके केन्द्रबाट हस्तक्षेप
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९ २२:५४
प्रतिक्रिया दिनुहोस्