काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरूले चुनावी तालमेलमा समस्या देखिएका पालिकाहरूमा मिलाउने प्रयास गर्ने भएका छन् । शनिबार बालुवाटरमा बसेको गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा यस्तो निर्णय गरिएको हो ।
बैठकले ५० प्रतिशत तालमेलको निर्णय सफल भएको निष्कर्ष निकालिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । आइतबार (भोलि) बेलुका मात्रै कहाँ चुनावी तालमेल गर्ने र कहाँ नगर्ने भन्नेबारे अन्तिम निर्णय लिन पनि नेताहरू सहमत भएका छन् ।
यस्तै, अन्तिम समयमा तल्ला तहले तालमेलको निर्णय गर्न नसके वा सहमति जुटाउन नसके केन्द्रबाट हस्तक्षेप गरेर निर्णय लिने बैठकमा सहमति भएको छ ।
भोलि बिहान पुनः ९ बजे नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको यो समितिको बैठक बस्नेछ । त्यसको निष्कर्ष भोलि नै दिउँसो ३ बजे बस्ने शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र निर्णय लिइने स्रोतले जानकारी दियो ।