site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेता उमेश यादवले पार्टी छाडे
SkywellSkywell

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का नेता उमेश यादवले साधारण सदस्यसहित नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

आज दिउँसो विराटनगरमा पत्रकार सम्मेलन गरी यादवले आफू अहिल्यैबाट स्वतन्त्र रहेको बताए । यादव पार्टीको संघीय परिषद्का सदस्य हुन् ।

Dabur Nepal
NIC Asia

०७४ को स्थानीय तह निर्वाचनमा यादवले विराटनगर महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए । पार्टीको संगठन राम्रो भए पनि योपटक तालमेलका नाममा कार्यकर्तामाथि अन्याय भएको उनले बताए ।

उनले भने, “म अहिले नै अरू कुनै पार्टीमा जान्नँ । चुनावमा उठ्ने/नउठ्ने भन्ने विषयमा निर्णय गरिसकेको छुइनँ ।"

उनले विराटनगरमा मेयर र उपमेयर नै जित्ने अवस्थामा तालमेल गरेर कार्यकर्तालाई निराश पार्न खोजिएको बताए । जसपाले आफ्नो भागै काटेर तालमेल गर्नुको अर्थ नरहेको उनको भनाइ छ ।

तालमेल नगर्नका लागि आग्रह गरे पनि वास्ता नगरिएकोले पार्टी परित्याग गरेको यादवले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro