site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बक्सर माइक टाइसनले विमानमा यात्रु कुटे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

न्युयोर्क । पूर्व हेभिवेट बक्सर माइक टाइसनले विमानभित्र यात्रु कुटेका छन् । आफूमाथि पानीको बोटल फ्याक्ने एकजना यात्रुलाई टाइसनले मुक्का प्रहार गरेको उनका प्रवक्ताले बताए ।

विमानमा खिचिएको भिडियोमा आफ्नो सिटमा अडेस लगाएर टाइसनले एक अपरिचित पुरुषलाई पिटिरहेको देखिन्छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बक्सिङ हल अफ फामरका प्रवक्ताले टाइसनलाई निहुँ खोजिरहेका एकजना आक्रामक यात्रुसँग उनको झडप भएको पुुष्टि गरेका छन् । तत्काल बोलाइएका प्रहरीले ती दुवै जनालाई केही समय हिरासतमा लिएको थियो ।

अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यस घटनामा ती व्यक्तिलाई सामान्य चोटपटक मात्र लागेको बताइएको छ । प्रहरीले घटनामा संलग्न भनेर केहीबेर हिरासतमा लिएर छाडेका दुवैको परिचय सार्वजनिक गरेको थिएन । 

Royal Enfield Island Ad

बुधवार राति सान फ्रान्सिस्कोबाट फ्लोरिडा तर्फ उड्न लागेको जेट ब्ल्यु एरलायन्सको उडानमा रहेको विमानभित्र यो घटना घटेको हो । टीएमजेडद्वारा सार्वजनिक भएको भिडियो फुटेजमा पानीको बोतल भने देखिदैन ।

सुरुमा टाइसनले ती यात्रुकै अनुरोधमा उनीसँग तस्बिर खिचाएको तर पछि ती यात्रुले टाइसनलाई निरन्तर होच्याउन थालेको बताइएको छ । 

भिडियोमा हातपात भइरहँदा कसैले टाइसनलाई शान्त पार्ने उद्देश्यले ‘माइक ! माइक !’ भनेको सुनिन्छ भने अर्को एक व्यक्तिले उनलाई घचेटेको देखिन्छ । त्यसपछि कुटिएका यात्रुको रगताम्य निधार देखिन्छ । 

टाइसन रिङ भित्र र बाहिर त्यतिकै हिंसात्मक रहने गरेका उदाहरणहरू पाइन्छन् । सन् १९९२ मा बलात्कारको अभियोगमा दोषी ठहरिएपछि उनले तीन वर्ष लामो कारागार सजाय भोगेका थिए । सन् १९९७ मा रिङमा भिडन्तकै क्रममा प्रतिद्वन्द्वीको काननै चुँडिने गरी टोकेको कारण उनलाई खेलका लागि अयोग्य घोषित गरिएको थियो । 
बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro