site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हाइटीको सडकमा विमान दुर्घटना, छ जनाको मृत्यु
Siddhartha BankSiddhartha Bank

पोर्ट ओ प्रिन्स । हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको व्यस्त सडकमा विमान दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । सडकमा रहेका थुप्रै मानिस घाइते भएका छन् ।

राजधानीबाट दक्षिण पूर्वी बन्दरगाह सहर जासमेल तर्फ उडेको सो विमान क्यार्रेफोरमा खसेको हो । जीवितै उद्धार गरिएकामध्ये एक विमान चालकको उपचारका क्रममा मृत्यु भएको थियो । 

Agni Group
NIC Asia

प्रारम्भिक अनुसन्धानपछि सरकारी अधिकारीहरूले विमानको इन्जिनमा खराबी आएको कारण दुर्घटना भएको बताएका छन् । 
हाइटीको नागरिक उड्डयन निकायले विमानस्थलबाट उडेको करिब २० मिनेटपछि विमानले केहि गडबड भएको संकेत दिएको जनाएको छ । 

प्रधानमन्त्री एरियल हेनरीले यस दुःखद घटनामा पिडित परिवारहरु समक्ष गहिरो समवेदना प्रकट गरेका छन् । 

Global Ime bank

चरम गरिबीसँग जुधिरहेको हाइटीले केही वर्ष यता थुप्रै दैवी प्रकोपको पनि सामना गर्दै आइरहेको छ । गत जुलाईमा राष्ट्रपति जोभनल मोइसको हत्यापछि त्यहाँ राजनीतिक अस्थिरता र सामूहिक हिंसात्मक घटना पनि बढ्दै गइरहेको छ ।  
बीबीसीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu