site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० वर्षमा पहिलोपटक नेट्फ्लिक्सले गुमायो ग्राहक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बीबीसी । दस वर्षमा पहिलोपटक नेट्फ्लिक्सले आफ्ना नियमित ग्राहकरू गुमाएको छ । यो वर्षको पहिलो तीन महिनामा कम्पनीले २ लाख बढी सदस्यहरू गुमाएको मंगलबार जानकारी दिएको छ ।

अमेरिका, बेलायतलगायतका प्रमुख बजारहरूमा सेवा शुल्क बढाएकाले र रुसबाट सेवा हटाएकाले नै ग्राहकमा ठुलो गिरावट आएको बताइएको छ । कम्पनीले आगामी दिनहरूमा अझ धेरै घाटाको सामना गर्नुपर्ने चेतावनी दिएको छ भने नयाँ सदस्यलाई ‘साइन–अप’ गराउनका लागि अकाउन्ट साटासाट गर्ने प्रवृत्तिमा पनि कडाइ अपनाउने संकेत दिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कम्पनीका सेयरहोल्डरहरूलाई पत्र लेख्दै नेट्फ्लिक्सले महामारीको समयमा जुन स्तरमा ग्राहकको सङ्ख्या बढेको थियो त्यसलाई कायम राख्न नसकिएको जनाएको हो । त्यस्तै यसले लगानीकर्ताहरूलाई जुलाईसम्ममा अर्को २० लाख ग्राहकहरूले अकाउन्ट छाड्न सक्ने चेतावनी पनि दिएको छ । 

चौमासिक आर्थिक नतिजा सम्बन्धी सार्वजानिक गरेको तथ्यांकमा भनिएको छ, “हाम्रो आम्दानी वृद्धिको दर विस्तारै तर निरन्तर घटिरहेको छ । अन्य प्रतिस्पर्धी र पासवर्ड साटासाट गर्ने ठुलो सङ्ख्याका घरेलु अकाउन्टहरूमा कडाइ अपनाउनाले यस्तो प्रभाव पारिरहेको छ ।” 

Royal Enfield Island Ad

तर अझै पनि विश्वव्यापी रूपमा नेट्फ्लिक्सका २२ करोड सस्क्राइबर छन् । रुसबाट बाहिँरिदा मात्र पनि नेट्फ्लिक्सलाई ७ लाख सस्क्राइबरको घाटा लगाएको थियो । त्यस्तै मूल्य वृद्धि गराएपछि अमेरिका र क्यानडाका थप ६ लाखले नेट्फ्लिक्स रद्द गराएको बताइएको छ । 

गत वर्ष यसै समयमा नेट्फ्लिक्सले ९.८ प्रतिशतको नाफा अर्थात ७.८ अर्ब भन्दा बढी कमाएको थियो । तर, यसपटक बजार विस्तारै घट्दै गएको र केवल ६ प्रतिशत, १.६ अर्ब डलरको नाफा भएको बताइएको छ । जापान र भारतमा ग्राहक बढेका कारण अहिले यत्तिको फाइदा कमाउन सकेको कम्पनीले बताएको छ । 

हाल नेट्फ्लिक्सले पासवर्ड साटेर एउटै अकाउन्ट चलाउनेहरूबीच विज्ञापन जारी गरेर आम्दानी बढाउनेबारे छलफल गरिरहेको छ । 

कम्पनीका प्रमुख रिड हेस्टिङ्सले भने, “नेट्फ्लिक्सलाई नजिकैबाट चिन्ने सबैलाई थाहा नै होला कि म विज्ञापन राख्ने विरुद्धमा रहँदै आएको छु र केबल सामान्य सब्सक्रिप्सनले कम्पनी चलाउन चाहन्छु । मेरो छनोट उपभोक्ताहरूकै छनोट हुनेछ । तर यो स्पष्ट छ कि एचबीओ र डिज्नी, विज्ञापनद्वारा समर्थित सेवामार्फात काम गरिरहेका छन् ।" 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro