site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
‘नेपालमा वार्षिक दुई लाख बढीले गराउँछन् गर्भपतन’
SkywellSkywell

काठमाडौं । नेपालमा वार्षिक करिब दुई लाख महिलाले गर्भपतन गराउने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले गएको मार्च ३० मा सार्वजनिक गरेको प्रतिवेदनले गर्भपतनको यस्तो तथ्यांक देखाएको हो ।

नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भधारणमध्ये झन्डै आधा अनिच्छत गर्भ रहने गरेको र त्यसमध्ये करिब दुईतिहाइले गर्भपतन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

गर्भपतनको प्रमुख कारण चाहना नभएरै गर्भ रहनु, परिवार नियोजनका साधनको नियमित प्रयोग नगर्नु र केहीमा परिवार नियोजनका साधन उपलब्ध नहुनु रहेको  प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार नेपालमा ४३ प्रतिशत महिलाले मात्रै परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको, ४४ प्रतिशतले आधुनिक र सुरक्षित साधन प्रयोग नगरेको र प्रजनन उमेरका २४ प्रतिशत महिला परिवार नियोजनका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् ।

यूनएनएफपीएले सन् २०१७ को तथ्यांकलाई आधार मानेर वार्षिक १२ लाख गर्भधारण भएको मध्ये अनिच्छित गर्भका कारण तीन लाख ५८ हजारले गर्भपतन गराएको जनाएको छ ।

यस्तै, नेपालमा ४१ प्रतिशत महिलाको विवाह १८ वर्षमुनि नै हुने गरेको र तीमध्ये २३ प्रतिशतले मात्रै परिवार नियोजनाका साधन प्रयोग गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro