देश
काठमाडौं । काठमाडौंको नरेफाँटबाट नियन्त्रित औषधिसहित डा. हेल्थ केयर फार्मेसीका सञ्चालक पक्राउ परेका छन् ।
नरेफाँट बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ घर भएका डा.हेल्थ केयर फार्मेसीका सञ्चालक २६ वर्षीय कवीर लामा भनिने उदय थिङलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त फार्मेसी जाँच गर्ने क्रममा नियन्त्रित औषधि ४२ हजार ५ सय थान ट्रामाडोल र १० हजार ट्रामाडेक्ससहित उनलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार नयाँबानेश्वर पठाइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९ १८:०५
प्रतिक्रिया दिनुहोस्