site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्य नेपाल च्यालेन्ज वैशाख ६ गतेबाट
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१/२२ को छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता वैशाख ६ गतेबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । 

चार दिनसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । प्रतियोगितामा ५६ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रोफेसनल गल्फ एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । उनका अनुसार ५६ मध्ये ३६ व्यावसायिक खेलाडी र २० एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसपटक बेलायतबाट सात खेलाडीले सहभागिता जनाउनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलयातबाट भाग लिन आउनेमा महेन्द्र फगामी, विष्णु थापा, गजेन्द्र गुरुङ, झमक लिम्बु, भक्त शेरचन, राजु तामाङ र देब राना छन् । बेलायतबाट आउने सबै एमेच्योर खेलाडी हुन् । एमेच्योरतर्फ पाँच ह्यान्डिक्याप भन्दा तलका खेलाडीले खेल्ने महासचिव आचार्यले बताए । 

३६ होलपछि कट गरिनेछ । कटबाट २१ शीर्ष व्यावसायिक खेलाडी र ६ शीर्ष एमेच्योर खेलाडी छनोट गरिनेछ । 

Global Ime bank

प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ६५ हजार, र तेस्रो हुनेले ४६ हजार रुपैयाँ पुरस्कार जित्नेछ । त्यस्तै शीर्ष २१ खेलाडीले पनि नगद पुरस्कार जित्नेछन् । 

भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, राम थापा र सुवास तामाङलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय