राजनीति
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
धेरै विषयमा बहस र छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भए पनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति आएको भन्दै उनले आयोग चिन्तित रहेको बताएका हुन् ।
शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले आममतदातालाई मतदानमा भाग लिन पाउने अधिकारप्रति सचेत बनाउने खालका समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यामहरूलाई आग्रह पनि गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा स्थानीय तहकै सञ्चारमाध्यमहरू निर्वाचन प्रचारप्रसारका लागि बढी उपयोगी हुने उल्लेख गरे ।
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९ १४:५९
प्रतिक्रिया दिनुहोस्