site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
दोस्रो विश्वयुद्धयताकै ठुलो रुसी युद्धपोत समुद्रमा डुब्यो, आफूले ध्वस्त बनाएको युक्रेनको दाबी
SkywellSkywell

मस्को । विस्फोटको कारण बुधबार क्षतिग्रस्त भएको रुसको एउटा युद्धपोत समुद्रमा डुबेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । रुसको ब्ल्याक सीमा तैनाथ 'मोस्कभा' नामक युद्धपोत बन्दरगाहतर्फ ल्याइँदै गर्दा समुद्री तुफानमा परेर डुबेको बताइएको छ ।

पाँच सय १० जना चालक दल रहेको क्षेप्यास्त्र क्रुजर रुसी सैनिक शक्तिको प्रतीकको रूपमा थियो । यसलाई युक्रेनतर्फ जलीय आक्रमणका लागि प्रयोग गरिँदै गरेको थियो ।

Dabur Nepal
NIC Asia

किभले भने आफ्ना दुईवटा नेप्च्युन क्षेप्यास्त्र प्रहारबाट रुसी युद्धपोत ध्वस्त भएको दाबी गरेको थियो । तर, मस्कोले यसमाथि कुनै आक्रमण भएको तथ्य उल्लेख गरेको छैन । बरु आगलागीपछि क्षतिग्रस्त भएको जनाएको छ ।

रुले यसबारे भनेको छ, "आगलागिपछि युद्धपोतमा रहेको बारुद विस्फोट भएको हो । लगत्तै चालकदलका सम्पूर्ण सदस्यलाई ब्ल्याक सीमै रहेको अर्को जहाजमा पुर्‍याइएको थियो ।"

दोस्रो विश्वयुद्धयता समुद्रमा डुबेको यो रुसको सबैभन्दा ठुलो युद्धपोत हो । यसको वजन १२ हजार ४९० टन थियो । अमेरिकाले यो युद्धपोत डुब्नुलाई 'ठूलो झट्का'को संज्ञा दिए पनि यसका लागि नेप्च्युन क्षेप्यास्त्र जिम्मेवार रहेको भन्ने युक्रेनी दाबी पुष्टि गर्न सकेको छैन । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  २१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro