काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला भनिएका दलहरूको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले विभिन्न परितर्वन भए पनि ठुला दलहरूका कारण मुलुक असफलतातर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाए ।
उनले देश असफल भए नेताहरूको केही नबिग्रने तर युवाहरूको भविष्य बिग्रने धारणा राखे ।
उनले राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिबद्धता जनाए । राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सबै जनताले चलाएको अभियान भएको उनको भनाइ छ ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराए ।