मस्को । रुसको राष्ट्रिय ध्वजावाहक ब्ल्याक सी क्षेप्यास्त्र क्रुजर गम्भीर रूपमा क्षतिग्रस्त भएको र त्यसका चालक दल क्रुजर छाड्न बाध्य भएको रुसी सञ्चार माध्यमले बिहीबार जनाएको छ ।
'मोस्कभा' नामक युद्धपोतमा रहेको बारुद बिस्फोट भएपछि आगलागी भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । यसमा क्षति पुग्नुको खास कारण थाहा हुन सकेको छैन । तर, युक्रेनी फौजले भने यस युद्धपोतमा आफूहरूले दुईवटा नेप्च्युन क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । पाँच सय १० जना चालकदलकको सदस्य सवार सो युद्धपोतले युक्रेनका महत्वपूर्ण र सैनिक लक्षमा आक्रमणको नेतृत्व गर्दै आएको थियो ।
यसअघि मोस्कभाले स्नेक आइलन्ड र ब्ल्याक सिको रक्षा गरिरहेको युक्रेनी फौजलाई आत्मसमर्पण गर्न आह्वान गरेको थियो । युक्रेनी फौज सो प्रस्ताव अस्वीकार गरेको थियो ।
युक्रेनी क्षेत्रीय गभर्नर ओडेसा माक्सिम माचेन्कोले भनेका छन्, “अन्तत ६१० फुट लामो क्रुजर मोस्क्भालाई हाम्रो स्नेक आइलन्डका सिमा रक्षकहरुले क्षेप्यास्त्र प्रहार गरी पुर्याइनुपर्ने स्थानमा पुर्याइदिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्की एसेस्तोभिचले युट्युब ब्रोडकास्टमार्फत भनेका छन्, “मोस्कभा युद्धपोतमाथि आश्चर्यजनक घटना भयो । अहिले यो दनदन्ती बलिरहेको छ । उनीहरूले मद्दत पनि पाउन सक्छन् कि सक्दैनन् भन्न सकिन्न ।"
यसैगरी रुसी जलीय अध्यन प्रतिष्ठानका माइकल पिटर्सनले यो ब्ल्याक सीमा रुसी जलिय शक्तिको प्रतीकको रूपमा रहेको बीबीसीलाई बताएका छन् ।
बीबीसीबाट ।