काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले अर्थतन्त्रमा समस्या नै नरहेकाे दाबी गरेको छ । अनावश्यक प्रचारबाजी भएकाे तर अर्थतन्त्रमा समस्या नरहेको उनको भनाइ छ ।
उनले समष्टिगत आर्थिक अवस्था सामान्य रहे पनि बाह्य क्षेत्रमम केही दबाब भने रहेको बताए । त्यसका लागि पनि समाधानका कदम चालिएकाे उनले बताए ।
अर्थमन्त्री शर्माले पर्यटन क्षेत्रमा देखिएको सुधार, फागुनमा रेमिट्यान्समा देखिएको सुधार र आयात नियन्त्रणका लागि चालिएका कदमले अर्थतन्त्रमा सुधार हुने दाबी गरे ।
तर, मुद्रा स्फीति नियन्त्रण गर्न भने चुनाैती रहेकाे उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दाे पेट्राेलियम पदार्थकमे मूल्यले व्यापार घाटा पनि बढ्दै गएकाे अवस्था छ ।
उनले फागुनसम्म गत वर्षसम्म तुलनामा रेमिट्यान्स ४.९ प्रतिशत संकुचन आएर ६३१ अर्ब १९ कराेड आएको बताए । फागुनमा मात्रै ९१ अर्ब रेमिट्यान्स आएकाे उनले बताए ।
चालु आवमा मात्रै २ लाख २६ हजार ७०० नयाँ र १ लाख ७८ हजार २६२ पुन: श्रमस्वीकृति लिएर वैदेशिक राेजगारीमा जानेले श्रम स्वीकृति लिएकाले रेमिट्यान्स बढ्ने अर्थमन्त्री शर्माको विश्वास छ ।
यस्तै सरकारले चालु आवमा १०५ अर्ब आन्तरिक र १२९ अर्ब बाह्य सहायता परिचालन गरेकाे उनले बताए । सरकारकाे ८७३ आन्तिरक ऋण ९८० अर्ब ८० कराेड बाह्य ऋण गरी साढे १८ खर्ब सरकारी ऋण पुगेको उनले बताए ।
उनले निक्षेपकाे तुलनामा कर्जा उच्च हुँदा तरलतामा दबाब बढेकाे बताए ।
उनकाअनुसार अहिलेकाे समस्या समाधानका लागि मन्त्रिपरिषद्मा केही प्रस्ताव लगिएकाे छ । युक्रेन युद्धले कच्चा तेलकाे मूल्य बढ्दा पेट्राेलियम पदार्थ खरिमाद गर्न समस्या भएकाे बताउँदै उनले खपत कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएकाे जानकारी दिए । सरकारी निकायकाे इन्धनको खर्च सुविधा २० प्रतिशत कटाैती प्रस्ताव मन्त्रिपरिषद्मा लगिएकाे उनले बताए ।
सार्वजनिक बिदामा आवश्यक नीति लिने गरी प्रस्ताव गरिएकाे उनको भनाइ छ ।
यस्तै आईपीओमा वैदेशिक राेजगारीमा गएकालाई विशेष काेटा, वैदेशिक लगानी ल्याउन हेजिङमा सहजीकरणबारे सराेकावालासँग छलफल भइरहेकाे उनले बताए
अर्थमन्त्री शर्माकाअनुसार भिसामा सहुलियत दिएर पर्यटन आवागमन प्रभावकारी बनाउनेगरी तयारी भइरहेको छ ।
उनले राष्ट्र बैंकमा १९ प्रतिशत कर्जा विस्तार गर्ने भनेकाेमा उच्च कर्जा विस्तार हुँदा पनि राष्ट्र बैंकले नियन्त्रण नगरेको आराेप लगाए । "उच्च कर्जा विस्तार भयाे त्याे कर्जा कहाँ गयाे ? जान्ने बारबार प्रयास गरेकाे हाे । त्याे नियन्त्रण गर्ने अर्थ मन्त्रालयले त हैन । राष्ट्र बैंकले नै हाेला," उनले भने ।
अनुत्पादक क्षेत्रकाे कर्जा नियन्त्रण प्रयास गर्दागर्दै त्याे सफल हुन नसकेको उनले दाबी गरे । उनले राष्ट्र बैंकले सरकारलाई सहुलियतपूर्ण कर्जाकाे विवरण उपलब्ध नगराएकाे आराेप पनि लगाए । "सहुलियतपूर्ण कर्जा कहाँ खर्च भयाे अन्धाधुन्ध छ ।त्यसकाे विवरण छैन । समयमा तथ्यांक प्रस्तुत नभएकाे हाे," उनले भने ।
उनले नेपालमा श्रीलंकाकाे अवस्था नआउने दाबी गरे । बरु श्रीलंका जस्ताे हुन्छ भन्नेहरू राष्ट्रघाती भएकाे उनको आरोप छ ।
उनले नेपालकाे तत्कालीन बाह्य ऋणकाे दायित्व ४० अर्ब मात्रै रहेकाे र देशसँग ११७१ अर्ब विदेशी मुद्रा सञ्चिति रहेकाे बताए ।
"क्रिप्टाेकरेन्सी र हाइपर फन्डकाे विषयमा ५ महिना अगाडि नै अध्ययन गर्नुपर्छ कि भनेकाे हाे," उनले भने "श्रिलंका हुन्छ भनिरहनु भएकाे छ । त्याे राष्ट्रघात हाे । किन श्रीलंका बनाउन खाेजिएकाे छ ?"
कच्चा पदार्थमा मार्जिन लगाउने विषय केही समयमा लागि मात्र भएकाे भन्दै उनले निजी क्षेत्रलाई आश्वस्त पार्न खाेजे ।