site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
घोषणापत्रबारे सुझाव संकलन गर्न कांग्रेसले सञ्चालनमा ल्यायो टोल फ्री नम्बर

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र समितिले सुझाव संकलनका लागि टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

समिति सदस्य किरण गिरीकाअनुसार घोषणापत्र लेखन समितिले जनताका सुझाव संकलनका लागि टोल फ्री नम्बर र मोबाइल नम्बर सञ्चालनमा ल्याएको हो । समितिले १६६००११५८८८ र मोबाइल नम्बर ९८५१३४२५५५ नम्बरमा सम्पर्क गरेर घोषणापत्रका लागि सुझाव दिन सबैलाई अनुरोध गरेको छ ।

Dabur Nepal
NIC Asia

“भाइबर नम्बर र ह्वाट्स एप तथा सामाजिक सञ्जाल फेसबुक पेज (Nepali Congress Election Manifesto) तथा वालको माध्यमबाट सुझाव दिन सकिनेछ,” गिरीले भने,“यी माध्यमहरूबाट कांग्रेसको सातवटा प्रदेश समिति, ७५३ पालिका कार्यसमिति, नेपाली कांग्रेस पार्टी, विभिन्न जनसमुदाय र आम मतदाता समेत बाट लिखित तथा मौखिक सुझाव लिने र ती सुझावलाई घोषणापत्रमा समेट्ने कामको प्रारम्भ हुन्छ ।”

कांग्रेस केन्द्रीय समितिले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र लेखन समिति बनाएको थियो । समितिले अहिले सुझाव संकलन र अध्ययन गर्ने काम गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro