काठमाडौं । डा. झलक शर्मा गौतमको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी संघको १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । चैत २५ गतेदेखि सुरु भएको संघको सम्मेलनले अध्यक्षमा डा. शर्मा र महासचिवमा डा. सन्तोष पौडेलसहित सर्वसम्मतिले १५१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो ।
एक महिलासहित चारजना उपाध्यक्ष हुने संघको विधानअनुसार महिला उपाध्यक्षमा शारदा खनाल, रामहरी ढकाल, भीमराज सिंह र जगत नेपालीलाई उपाध्यक्ष बनाउने सहमति भएकोे छ ।
यसैगरी, उपमहासचिवमा अमृता बराल र हिमालय तिवारी चयन भएका छन् । सचिवमा प्रदेश–१ मा रामचन्द्र मिश्र, मधेस प्रदेशमा डा.धमेन्द्र यादव, वाग्मती प्रदेशमा नारायण पौडेल, गण्डकी प्रदेशमा लक्ष्मण बसौँला, लुम्बिनी प्रदेशमा खगराज पोखरेल, कर्णाली प्रदेशमा सुशील शाही र सुदूरपश्चिममा शिद्ध ढुंगाना चयन भएका छन् ।
सचिवमै उपत्यकातर्फ रूपा केसी र कोषाध्यक्षामा अञ्जु बस्नेत चयन भएका छन् । अन्य सदस्यको मनोनयन आज (आइतबार) सर्वसम्मतिमा टुंग्याउने संघले जनाएको छ ।
२८ हजार स्वास्थ्यकर्मी आबद्ध रहेको संघको काठमाडौंमा जारी सम्मेलनमा सात सयभन्दा बढी प्रतिनिधि रहेको संघले जनाएको छ ।