site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिनल्यान्ड र स्विडेनले नेटो प्रवेश गरे रुसले के गर्छ ?
SkywellSkywell

लन्डन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यदि फिनल्यान्ड र स्विडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेश गरेको खण्डमा रुसले आफ्नै तरिकाले ‘परिस्थितीलाई पुनः सन्तुलन’ गर्नुपर्ने अवस्था आउने बताएका छन् । मस्कोले युक्रेनलाई नेटोमा प्रवेश नगराउन नै आक्रमण गरेको हो । त्यसैले फिनल्यान्ड र स्विडेनले अमेरिकी नेतृत्वमा रहेको नेटोमा प्रवेश गर्नुअघि सोच्नु पर्ने भएको छ । 

पेस्कोभले वेलायतको स्काई न्युजलाई भनेका छन्, “यदि यी दुई मुलुक नेटोमा प्रवेश गरेको खण्डमा हामीले आफ्नो सुरक्षा सुनिश्चितताका लागि पश्चिमी सिमाना थप सुदृढ बनाउनु पर्ने हुन्छ । हुन त रुसले यस्तो कदमलाई आणविक हतियार नै प्रयोग गर्नुपर्ने किसिमले अस्तित्वकै लागि खतराको रुपमा हेर्दैन ।” 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

गत २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे यता हजारौं सर्वसाधारण र सेनाको ज्यान जानुका साथै थुप्रै सहर र बस्तीहरु ध्वस्त भइसकेका छन् । 

फिनल्यान्ड र स्विडेनलाई स्वागत छ  नेटो प्रमुख 
नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले यदि फिनल्यान्ड र स्विडेनले आफ्नो सैनिक गठबन्धनमा आवद्ध हुन आवेदन दिएका खण्डमा तिनीहरुलाई तत्कालै अंगालो मारेर स्वागत गरिने बताएका छन् । अहिले रुसले युक्रेनमाथि आक्रमण गरिरहेको देखेर फिनल्यान्ड र स्विडेनका जनताले नेटोको सदस्यता लिन समर्थन गरेका छन् । 

गत महिना फिनिस प्रशारणकर्ता वाइएलइले गरेको सर्भेक्षणले ५० प्रतिशतभन्दा बढी फिनिस जनता नेटो प्रवेशको समर्थनमा रहेको देखाएको छ । छिमेकी मुलुक स्विडेनको जनमत पनि त्यतिकै सकारात्मक रहेको सर्भेक्षणले जनाएको छ । युक्रेनमा आक्रमण गर्नु अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३० सदस्यीय सैनिक संस्था नेटोलाई सैनिक विस्तार नगर्न र रुसको सीमा क्षेत्रहरुबाट फौज फिर्ता लग्न आह्वान गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १४:१९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro