site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्षित सबै नागरिकले पाएनन् कोरोनाविरुद्धको खोप, १६ लाख डोज खोप म्याद गुज्रिने अवस्थामा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइसक्ने लक्ष्य राखेको छ । निर्वाचन आयोगले पनि आगामी वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप दिइसक्न सरकारलाई अनुरोध गरेको छ । तर, पछिल्लो समय खोपको गति सुस्ताएको छ । १८ वर्ष माथिका १२ लाख ५० हजार नागरिकले कुनै पनि डोज खोप पाएका छैनन् । ५ देखि ११ वर्षसम्मका करिब ४० लाख बालबालिका खोप आउने पर्खाइमा छन् । यता, सरकारसँग मौज्दात रहेको १६ लाख बढी डोज कोभिड–१९ विरुद्धको खोप म्याद गुज्रिने अवस्थामा पुगेको छ ।
 
१५ लाखभन्दा बढी नागरिक खोप लिन बाँकी, बालबालिकालाई आएन खोप 
नेपालमा २०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४ नागरिकमध्ये हालसम्म ९३.७ प्रतिशत नागरिकले पहिलो डोज र ८२.८ प्रतिशतले दुई डोज खोप लगाएका छन् । १२ देखि १७ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ किशोरकिशोरीमध्ये ९२ प्रतिशतले पहिलो डोज खोप लगाए पनि दोस्रो डोज भने ७४ प्रतिशतले मात्रै लगाएका छन् । 

५ देखि ११ वर्षका करिब ४० लाख बालबालिकालाई दिन ८४ लाख डोज फाइजर खोप ल्याउने भनिए पनि यसको प्रक्रिया टुंगिएको छैन । १२ वर्षमाथिका १५ लाख र ११ वर्ष मुनिका ४० लाख बालबालिका गरी अझै करिब ५५ लाख नागरिक कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी छन् । 
 
साढे १६ लाख डोज खोप म्याद गुज्रिने अवस्थामा 
नेपालमा हालसम्म खरिद र अनुदानको गरी सरकारको लक्ष्यअनुसार ४ करोड ७८ लाख ८२ हजार ८०० डोज कोभिड–१९ विरुद्धको खोप भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । योमध्ये अहिले देशभरका भण्डारण केन्द्रहरुमा करिब १ करोड डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागअन्तरगत आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । खोपको मौज्दात बढेपछि अहिले भण्डारणमा रहेको खोप प्रयोग नभएसम्म थप खोप नल्याइने पनि उनले बताए । अहिले मौज्दात रहेको १ कारोडमध्ये  १६ लाख ५७ हजार डोज एष्ट्राजेनेका खोपको यही अप्रिल ३० मा म्याद सकिने शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले बताए । नेपालालाई सो खोप विभिन्न मुलुकले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएका थिए ।
 
वर्ष सकियो तर सबैले खोप लगाएनन् 
शेरबहादुर देउवाको नेत्त्वमा सरकार बनेपछि पहिलो प्राथमिकतामा परेको थियो लक्षित सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप । सोही प्राथमिकताअनुसार चैत मसान्तसम्म लक्षित नागरिकलाई खोप दिइसक्ने प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएका थिए । तर, चैत २५ गतेसम्म आइपुग्दा झन्डै १० प्रतिशत नागरिक अझै खोपको दायरामा आएका छैनन् । निर्वाचन आयोगले वैसाख १० गतेसम्म दिइसक्न सरकारलाई अनुरोध गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, कतिपय प्रदेशमा तत्काललाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । १५ महिनादेखि १५ वर्षसम्म्का बालबालिकाका लागि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियानका लागि भन्दै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ । पहिलेजस्तो अभियान नै चलाएर अहिले कोरोनाको खोप दिइएको छैन । कोही लगाउन आए लगाइदिने गरी नियमित कार्यक्रम अहिलेलाई थाती राखिएको छ । 

गण्डकीमा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले टाइफाइडविरुद्धको खोप अभियान सकिएपछि पुनः कोभिड खोप कार्यक्रम सुरु गरिने बताए । लुम्बिनी प्रदेशमा पनि टाइफाइडविरुद्धको खोप अभियानलाई लक्षित गर्दै तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित रहेको स्वास्थ्य निर्देशनालय बुटवलका प्रवक्ता रोशनलाल चौधरीले बताए । 
प्रदेश–१ लक्षित जनसंख्याकोे ७९ प्रतिशतले मात्रै दुई डोज खोप लगाएका छन् । यो प्रदेशमा भने टाइफाइड र कोभिड दुवै खोप कार्यक्रम सँगसँगै अघि बढाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

Royal Enfield Island Ad

‘निर्वाचनलाई असर नपर्नेगरी खोप कार्यक्रम चलाउछौं’ 
निर्वाचन आयोगले वैशाख १० गतेअघि सबै नागरिकलाई खोप दिइसक्न अनुरोध गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोहीअनुसार खोप प्रदान गर्न प्रदेश र स्थानीय तहहरुलाई परिपत्र गरिसकेको छ । तर, अहिलेको रफ्तार हेर्दा सो मितिमा लक्षित सबैले खोप पाइसक्ने देखिँदैन । सबै नागरिकलाई वैशाख १० गतेसम्म खोप दिइनसके निर्वाचनको समयमा पनि खोप कार्यक्रम जारी राख्ने स्वास्थ्य सेवा विभागको योजना छ । 

खोप शाखा प्रमुख सागर दाहाल भन्छन्, “निर्वाचन आयोगको आग्रहलाई स्वीकार गर्दै तोकिएको मितिमा नै लक्षित नागरिकलाई खोप दिइसक्नेगरी काम गरिरहेका छौं । नसकिए पनि निर्वाचनलाई असर नपर्नेगरी खोप कार्यक्रम सञ्चालन गर्छौं ।”

खोप कार्यक्रम सरकारको तालिकाअनुसार नै अघि बढे पनि पहिलो र दोस्रो डोजबीचको ग्याप, खोप भण्डारण तथा ढुवानीजस्ता विविध प्राविधिक कारणले केही ढिलासुस्ती भएको दाहालको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro