site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको अवसरमा दुई देशबीच बधाई सन्देश आदानप्रदान भएको जानकारी दिएको छ । 

यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिद र जनतालाई बधाइ दिएकी हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पाँच दशकअघि बंगलादेश स्वतन्त्रता भएपछि नेपालले सर्वप्रथम मान्यता दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षा क्षेत्रमा बढ्दो सहकार्य नेपाल–बंगलादेश सम्बन्धको उत्कृष्ट नमुना भएको अन्दै खुसी व्यक्त गरिन् । 
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई सन्देश पठाएका छन् । 

बंगलादेशका प्रधानमन्त्रीलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष मनाउँदै पाएकोमा खुसी व्यक्त गरेका छन् । 

Royal Enfield Island Ad

प्रधानमन्त्री देउवाले नेपाल–बंगलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितको विषयमा सार्क, बिमस्टेक र बीबीआईएनजस्ता क्षेत्रीय मञ्च र संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठनजस्ता बहुपक्षीय मञ्चमा घनिष्ट सहकार्यका साथ काम गरिरहेको पनि बताए ।

त्यसैगरी बंगलादेशका राष्ट्रपतिले दुई देशबीच घनिष्ट सम्बन्ध रहेको तथ्यको भनी प्रशंसा गरेका छन् । 

सन् २०१९ मा भएको नेपालको औपचारिक सद्भाव भ्रमणको पनि स्मरण गर्दै उनले भने, “देश र जनताको समृद्धि र विकासको लागि नेपाल र बंगलादेशले साझा दृष्टिकोण हासिल गरी मिलेर काम गर्ने विश्वास लिएको छुु ।” 

नेपाल–बंगलादेशबीच ८ अप्रिल १९७२ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro