site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रमुख निर्वाचन आयुक्तलाई महिला नेतृको आग्रह– संविधानको धारा ३८ (४) कार्यान्वयन गर्नुस् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला नेतृहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई निर्वाचनका क्रममा संविधान उल्लंघन हुन नदिन ध्यानाकर्षण गराएका छन् । सत्ता गठबन्धनका नाममा महिला प्रतिनिधित्व खुम्चिने भएपछि प्रमुख पार्टीका महिला नेतृहरुको समूहले सामुहिक रुपमा प्रमुख आयुक्त थपलियालाई भेटेर ध्यनाकर्षण गराएका कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौमतले जानकारी दिइन् । उनले सबै दलका केन्द्रीय नेतृत्व तथा  सांसदहरुको संयुक्त टोलीले नै प्रमुख निर्वाचन आयुक्तको ध्यानाकर्षण गराएको बताइन् । 

त्यसक्रममा उनीहरुले दलहरुले संविधानको छिद्र प्रयोग गरेर महिला प्रतिनिधित्व घटाउन खोजे संविधान कार्यान्वयनका लागि पहल गर्न प्रमुख आयुक्तलाई आग्रह गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया समक्ष आसन्न स्थानीय निर्वाचनमा नेपालको संविधान धारा ३८ (४) को प्रावधान वमोजिम महिलाको प्रतिनिधित्वमा समावेशी समानुपातिक सहभागिताको सिद्धान्त लागु गर्न आग्रह गरेका छौं,” कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले भनिन्, “प्रमुख आयुक्तले संविधान बनाएका दलहरुले संविधानको पालना र कार्यान्वयन आफैं गर्ने विश्वास लिएको बताउनुभएको छ ।” 

उनले निर्वाचनलाई मितव्ययी बनाउन र आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न पनि आग्रह गरेका बताइन् । 

Global Ime bank

“संविधानको धारा ३८ को ४ मा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता हुनुपर्छ भनिदिएको छ । त्यसैमा टेकेर निर्वाचन आयोगले निर्देशन पनि पठाएको छ । यो कार्यान्वयन गर्ने कुरामा निर्वाचन आयोग संवदेनशील मात्रै होइन्, त्यसमा कठोर हुन पनि जरुरी छ,” नेकपा (एमाले) नेतृ विन्दा पाण्डेले, “यदि यसमा कुनै पनि दलले एउटा मात्रै उमेदवार दिन्छ भने त्यसमा महिला अनिवार्य हुुनुपर्छ भन्ने खालको कुरा उल्लेख गरिएको छ । त्यसमा फिर्ता लिने सन्दर्भमा महिलाको चाँही फिर्ता लिन नमिल्ने व्यवस्था गर्नुपर्छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement