site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एसियन पेन्ट्सले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता विजेता घोषणा
SkywellSkywell

काठमाडौं । एसियन पेन्ट्सले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरु घोषणा गरेको छ ।

एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१–२२ संस्करणले  नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवद्र्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

यो राष्ट्रिय प्रतियोगिताको ७ औं संस्करणमा एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपालइन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपःइन्जिनियरिङ कलेज, आईओई थापाथलीक्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३१ जना विद्यार्थीले सहभागिता थिए ।

प्रतियोगिताको विजेता आईओर्ई पुल्चोक क्याम्पसकी रोजिता अवाले भइन् । उनले एसियन पेन्ट्सबाट ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिने । फस्र्ट रनर अप एक्मे इन्जिनियरिङ कलेजका प्रशान्त देशार भए । उनले नगद ४० हजार रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनर अप काठमाडौं इन्जिनियरिङ कलेजका अनिल कुँवर भए । उनले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
दुई सान्त्वना पुरस्कार विजेताहरू आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले जनही १० हजार रुपैयाँनगद पुरस्कार प्राप्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu