site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी सभामुखले ताइवान भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी
Siddhartha BankSiddhartha Bank

बेइजिङ । चीनले अमेरिकी प्रतिनिधिसभाकी सभामुखले ताइवान भ्रमण गरे कडा कदम चाल्ने चेतावनी दिएको छ । अर्को हप्ता सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने भनी विभिन्न सार्वजनिक भइरहेका बेला चीनले बिहीबार भ्रमणले चीन–अमेरिका सम्बन्धमा अत्यन्त खराब असर पार्ने चेतावनी दिएको छ ।

प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नै क्षेत्र मान्छ । विशेषगरी ताइवानलाई सैन्य र राजनीतिक रूपमा अमेरिकाले दिएको समर्थन दुई देशबीचको सम्बन्धमा घर्षणको स्रोत बन्दै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्भावित भ्रमणबारे पेलोसीको कार्यालय वा ताइवान सरकारले पुष्टि गरेको छैन । तर, केही जापानी र ताइवानी मिडियाले यसै साता जापान भ्रमणपछि ताइवान भ्रमण गर्ने जनाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका र ताइवानबीच हुने सबै प्रकारका आधिकारिक÷औपचारिक अन्तरक्रियाको बेइजिङले दृढतापूर्वक विरोध गर्ने बताए । 

“वासिङ्टनले यो यात्रा रद्द गर्नुपर्छ,” उनले भने , “यदि अमेरिकाले आफ्नै तरिकामा जोड दिए चीनले राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न कडा कदम चाल्नेछ । यसबाट उत्पन्न हुने सबै सम्भावित परिणाम पूर्णतया अमेरिकी पक्षले वहन गर्नेछ ।”

Global Ime bank

झाओले यसबारे थप विवरण भने दिएनन् ।

रोयटर्सबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय