अर्थ व्यवसाय

काठमाडौं । सिद्धार्थ बैंकले सहिद स्मारक ‘बी’ डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन काठमाडौंको बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमतिपत्रमा बैंकका प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन् ।
खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल सामग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८ १२:०४
प्रतिक्रिया दिनुहोस्