विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा लगाएको ‘ट्रेड एक्स्पो’ मा १५ करोड बराबरको आर्थिक कारोबार भएको छ ।
६ दिनमा अवधिमा १ लाख ८० हजार जनाले एक्सपो अवलोकन गरेको र १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संघले जनाएको छ ।
बुधबार मेलास्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सपो संयोजक विकास बेगवानीले एक दिन समय थप गरिने जानकारी दिए । “चैत १८ देखि २६ गतेसम्म एक्स्पो संचालन गर्ने तय भएकोमा एक दिन बढाउने निर्णय गरेका छौँ,”बेगवानीले भने ।
एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको छ । "सबै स्टलहरूमा दर्शकको रोजाइमा परेको छ," संयोजक बेगवानीले भने । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ ।
त्यस्तै अटोमोबाइलका १० स्टल रहेको छ । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ । फुडकोर्टका लागि १० स्टल छन् ।
एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिक राष्ट्रिय कलाकालहरूबाट विभिन्न प्रस्तुति दिने गरिएको छ । एक्स्पोमा भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री तथा प्रदर्शनीमा रादिएका छन् ।