विदेश
मस्को । क्रेमलिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको मुद्दा चलाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको सुझाव ‘अस्वीकार्य’ भएको प्रतिक्रिया दिएको छ ।
बाइडेनले रुसी सेनाले युक्रेनमा अमानवीय ढंगले हत्या हिंसा गरेको भन्दै पुटिनलाई युद्ध अपराधको मुद्दा चलाउन आह्वान गरेका थिए ।
मंगलबार क्रेमलिनले अमेरिकी राष्ट्रपतिको टिप्पणी अस्वीकार्य र व्यर्थ भएको बताएको हो ।
किभ नजिकैको बुचामा रुसी फौजलले ३०० सय भन्दा बढी सर्वसाधारणको अमानवीय हत्या गरेको युक्रेनी राष्ट्रपतिले बताएका छन् ।
बीबीसीबाट ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८ १७:५४
प्रतिक्रिया दिनुहोस्