site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पूरा भएको छ। असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ। 

अहिलेसम्म प्रति व्यक्तिले  ६ महिनामा अधिकतम ३०,००० अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो भने अब देखि यो सिमा बढेर एक लाख डलर सम्म पठाउन मिल्ने व्यवस्था छ। प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागु हुनेछ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ। 

“तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ  जस अन्तर्गत  रकम पठाएको केहि मिनेट मै नेपालको बैंक खातामा पैंसा जम्मा हुनेछ ” - हाम्रो पात्रोको संस्थापक/ सीईओ शंकर उप्रेतीले बताए।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro