काठमाडौं । टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रा लिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ ल्याएको छ । टाटा मोटर्स र सिप्रदीले सधैं आफ्नो उत्पादन बिक्रीपछि उत्कृष्ट सेवाको साथमा ग्राहकहरुलाई नयाँ अनुभवलाई प्राथमिकता दिने गरेको र सोही अनुसार यो प्याकेज ल्याएको जनाएको छ ।
‘केयर प्लस’ एक मर्मत योजना भएको जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ । टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको जनाएको छ । यद्यपि, केयर प्लस हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा रहेको टाटा मोर्टर्सले जनाएको छ ।
ग्राहकले आफ्ना सवारी साधनको सहज र समस्यामुक्त संचालन सुनिश्चित गर्न सक्ने दाबी कम्पनीको छ । केयर प्लसमा सवारी मर्मत, ह्विल अलाइनमेन्ट र सवारी साधनको धुलाईसहित निर्धारित सेवाहरू समावेश गरिएको जनाएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५ हजार ५०० किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्नसक्ने जनाएको छ ।