राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको १४ सांसदविरुद्धको रिटको फैसला अनिश्चित बनेको छ ।
उक्त मुद्दामा आज फैसला सुनाउने तय थियो । मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा परेको थियो ।
तर, न्यायाधीश सुवेदीले मुद्दा हेर्न नमिल्ने भएपछि तत्काललाई फैसला टरेको हो । उक्त मुद्दामा अब कहिले फैसला हुने भन्ने टुंगो छैन ।
पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरिएको भन्दै ओलीले सर्वोच्चमा रिट दायर गरेका हुन् । ती १४ सांसद अहिले नेकपा (एकीकृत समाजवादी)मा छन् ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८ १३:२१
प्रतिक्रिया दिनुहोस्