site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराट ट्रेड एक्स्पो सुरु, ४० करोडको कारोबार हुने अनुमान 
Siddhartha BankSiddhartha Bank

विराटनगर । विराटनगरमा विराट ट्रेड एक्स्पो सुरु भएको छ । मोरङ व्यापार संघको आयोजनामा सो एक्स्पो सुरु भएको सो एक्स्पोको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले शुक्रबार उद्घाटन गरेका हुन् । 

चैत २६ गतेसम्म चल्ने एक्स्पो उद्घाटन गर्दै मन्त्री आलेले औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । कोरोना महामारी सामान्य बन्दै गएको भन्दै उनले आफू औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए ।

त्यस्तै, कांग्रेसका नेता मीनेन्द्र रिजालले एक्स्पोले उत्पादनको प्रचारप्रसार र प्रवद्र्धनमा मद्दत पुर्याउने बताए । औद्योगिक क्षेत्र विराटनरको पहिलेको वैभव फर्काउन चुनौती रहेको बताउँदै उनले विराटनगर विमानस्थल क्षमता विस्तारमा जोड दिनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सरकारले गरेका निर्णय कार्यान्वयनमा समस्या रहेको बताएका छन् । विराटनगर विमानस्थलमा टर्मिनल भवन ठेक्का प्रक्रिया रद्द भएको बताउँदै उनले यस्तो बताएका हुन् । “विराटनगर विमानस्थलको कार्य अघि बढाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच सहयोगसम्बन्धी सम्झौता भए पनि संघीय सरकारबाट बजेट विनियोजन भएन ।” 

Global Ime bank

स्थानीय उत्पादन प्रवर्द्धन गर्न र उत्पादित वस्तुको प्रचारप्रसारका लागि एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष नवीन रिजालले बताए । रिजालले कोरोनाका कारण थिलथिलो भएको औधोगिक क्षेत्रलाई चलायमान गराउन एक्स्पो सहयोगी हुने सुनाए । 

उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले विराटनगर विमानस्थल स्तरोन्नतीको काम अघि बढाउनुपर्ने बताए । उनले भने, “विमानस्थल स्तरोन्नती गर्नसके भारतीय पर्यटकको आगमन बढाउन सक्छ ।” उनले आद्योगिक प्रदर्शनीस्थल निर्माणमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । 

नेपाल उद्योग परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले उद्योग क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए । कोरोना महामारीपछि प्रदेश–१ मै ठूलो औद्योगिक तथा व्यापारिक एक्स्पो आयोजना गरिएको जानकारी दिँदै आयोजक समितिका संयोजक एवं संघका उपाध्यक्ष विकासकुमार बेगवानीले २७० स्टल राखिएको बताए । उनले भने, “एक्स्पोमा बंगलादेश र पाकिस्तानमा उत्पादित बस्तुका स्टल पनि छन् ।”

बेगवानीका अनुसार एक्स्पोमा ८० एसीसहित ६० कुलरसहित र १०६ सामान्य स्टल छन् । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० हजार र सामान्य स्टलका लागि ३० हजार रुपैयाँँ शुल्क तोकिएको छ ।
 
एक्स्पोमा अटोमोबाइल्सका १०, स्टल रहनेछन् । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ ।

एक्स्पोमा फुडकोर्टका लागि १० स्टल छन् । यसका लागि ६० हजार तोकिएको छ । आकर्षणको रूपमा एक्स्पो परिसर विराटनगर अस्पताल नजिकैको खुला मैदानमा लन्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिलजस्ता अन्तर्राष्ट्रिय संरचनाका नमुना राखिएका छन् । 

सेल्फी जोन र साहसिक खेलहरू पनि समावेश गरिएको छ । एक्स्पो आयोजना गर्न तीन करोड खर्च हुने र ४५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । एक्स्पो प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय