राजनीति
काठमाडौं । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना पक्राउ परेका छन् ।
बिहीबार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेलकी १९ वर्षीया इनिमाया राईसहति १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसरमा अनधिकृत रूपमा भेला भई कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८ १४:५४
प्रतिक्रिया दिनुहोस्